नयाँ ढंगको कम्युनिस्ट पार्टी निर्माणका लागि नेताहरुको बहस

News Political

काठमाडाैँ: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र सचिवालय सदस्य सुदर्शनले पूर्व सभामुख तथा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य कृष्ण बहादुर महारासँग भेटवार्ता गरेका छन् । मंगलबार खुमलटारमा भएको भेटवार्तामा नेकपाका अर्का सचिवालय सदस्य सन्तोस बुढामगर (विषम) र नेकपा (माओवादी केन्द्र)का नेता गणेशमान पुन सहभागी थिए ।

उक्त भेट वार्तामा समग्र नेपाली कम्युनिस्ट आन्दोलन, जनयुद्ध र जनआन्दोलनको समीक्षा गर्दै क्रान्तिकारी कम्युनिस्टहरुबीच नयाँ आधारमा नयाँ एकता गरेर नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्नु पर्ने आवश्यकतामाथि गम्भीर छलफल भएको छ । यसअघि नेकपाका महासचिव विप्लवले मंगलबारै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *